हराएको सेनाको हतियार भेटियो



काठमाडौं, असोेज ७

साउनको तेस्रोसाता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ । पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो । सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताए।

उनले भने यो, ‘हतियार लोकेट भइसकेकाले भेरिफाई हुने काम भइरहेको छ । ती हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए ।’ हतियार खोज्न बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News