छोराद्वारा आमाको हत्या


 


तम्घास, असोज ७

वृद्ध आमाको हत्या गरी फरार भएका दिब्रुङ गाविस– २ दहका ४१ वर्षीय वीरबहादुर काउचालाई प्रहरीले पक्राउ गरेको छ ।बुधबार राति आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउचालाई कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले वीरवहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए ।

प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शान्तिपुरवाट खटिएको प्रहरी टोलीले स्थानीयको गोठमा लुकेर बसेको अवस्थामा काउचालाई पक्राउ गरेका छन् ।हत्या अभियोगमा पक्राउ परेका काउचालाई आज बिहान जिल्ला प्रहरी कार्यालय तम्घास पु¥याइएको छ । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्