रणबीर कपूरसँग डेटिङ गरेपछि दीपिका र कट्रीनाबीच बबाल


 


katrina-dipikaअभिनेत्री दीपिका पादुकोण र कट्रीना क्याफबीच कोल्डवार चलिरहेको छ । दुबै जनाबीच पेशागत प्रतिस्पर्धा त पहिले देखि थियो नै ।

दुबै जनाले अभिनेता रणबीर कपुरसँग डेटिङ पनि गरिसकेका छन् ,तर अब यि दुबै जनाले एक अर्का लाई देख्न पनि चाहेका छैनन् । आजभोली नै यि दुबै जनालाई लिएर एउटा यस्तो खुलासा भएको छ , जसलाइ सुनेपछि उनीहरुको अनुहार मलिन हुनसक्छ ।

दुबैजना यासमीन कराचीवालाको जिममा काम गर्छन् ,तर दुबै जनाले यो विषयको ख्याल गर्छनकि दुइटैको आँखा एकअर्कामा नपरोस् । कहिले काँही उनीहरुबीच यस्तो शुटिङ तालिकालाई लिएर पनि हुने गर्छ ।

जिममा समय बदल्न पनि म्यानेजरले पहिले नै कल गरेर सोध्छन् । त्यस्तै फिल्मको कुरा गरेपछि पछिल्ला दिनहरुमा दीपिका र कट्रीनालाई लिएर फिल्म निर्माता आनन्द एल रायसँग रिसाएकी थिइन् ।

यद्यपि आनन्द एल राय शाहरुखसँग विपरित भएर कट्रीनालाई आफ्नो अर्को फिल्मको लागि साइन गराइसकेका छन् ।
पहिले उनले दीपिकालाई यस फिल्ममा ल्याउन चाहेका थिए, तर दीपिकाको व्यस्त समयका कारण यस्तो हुन पाएनन् , यसरी कट्रीनालाई ल्याएपछि दीपिका रिसाएकी छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्