कहाँ भेटियो लोकमानको फाइल ,फाइल सर्वोच्चमा पुग्यो



lokmansingh

काठमाडौं,असोज ७ सर्वोच्चले माग्दा भुकम्पमा परेर हराएको भनेको अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्त गर्दाको फाइल भेटिएको छ ।

लोकामानको नियुक्तताको फाइल खोज्दा नभेटिएको तथा भुकम्पमा परेर हराएको भनेर जवाफ दिएको मन्त्रिपरिषदको कार्यालयले शुक्रबार फाइल पाएर सर्वोच्चमा पठाइसकेको बताएकोे छ ।

उक्त फाइल मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त भएको सर्वोच्चका प्रवक्ता नहकुल सुवेदीले बताए ।

लोकमान नियुक्तिको कानुनी आधारमाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दिएका थिए।

शुक्रबार प्रधानन्यायधीश सुशीला कार्की सहितको इजलासले लोकामानसिंह  नियुक्ति विरुद्धको रिट खारेज गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

अब सर्वोच्चचमा लोकमानको नियुक्ति संवैधासनक थियो कि थिएन भन्ने विषयमा बहस हुनेछ र बहसपछि अन्तिम फैसला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News