अमेरिकन आइडलको उपविजेता बने दिवेश, जस्ट साम बिजेता


 



काठमाडौं, जेठ ५
नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपविजेता भएका छन् । उनी उपाधि जित्न चुकेका छन् ।

आइडलको उपाधी भने जस्ट सामले जितिन । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् ।

दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्