यी कलाकार, जसले हङकङ तताउँदैछन्


 


honkong-nepali-kalakarकाठमाडाैं, असाेज ८

२५ सेप्टम्बर अर्थात असाेज ९ गते हङकङमा रहेका नेपालीहरूले सांगीतिक कार्यक्रमकाे अायाेजना गरेका छन् । अाफ्नाे सांगीतिक प्रस्तुति दिन कलाकारहरू हङकङ प्रस्थान गरिसकेका छन् ।

हङकङ नेपाली महासंघले अायाेजना गरेकाे ‘रमाइलाे शरद साँझ’ मा अाफ्नाे प्रस्तुति दिन कला रार्इ, एपी शेर्पा र निलम ढुंगाना हङकङ प्रस्थान गरिसकेका हुन् । हङकङ उड्नु अघि गायिका कला रार्इले सामाजिक सञ्जाल फेसबुकमा फाेटाे समेत पाेष्ट गरिसकेकी छिन् ।

हङकङ स्थित याउ मे तेइ सामुदायिक हलमा हुने विशेष सांगीतिक कार्यक्रममा यी कलाकारहरूले हङकङमा रहेका नेपालीहरूलार्इ भरपुर सांगीतिक मनाेरञ्जन दिलाउने भएका छन् । गायिका कलाले हङकङमा अब अाउन लागेकाे आउन लागेको एल्वममा समेटिने गीतहरु दाइ साइला नेदेखेनी हुने थियो, यती चोखो यति मिठो, घुम्दा फिर्दा जस्ता मनछुने गीतहरु गाउने बताएकी छिन् ।

‘रमाइलो शरद साँझ’ नाम दिइएकाे सांगीतिक कार्यक्रममा गायक एपी शेर्पा र नृत्याङगना निलम ढुङगानाकाे बेजाेड प्रस्तुति रहने अायाेजकले बताएका छन् ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्