कोरोना अपडेट : ३ लाख ३७ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?


 



काठमाडौं, जेठ १०
विश्वभर कोरोना भाइरस संक्रमणबाट ३ लाख ३७ हजार ५ सय ७२ जनाको मृत्यु भएको छ ।

संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९  सय पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ९५ हजार ९ सय २१ पुगेको छ।

बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ४ सय ७५ हजारको मृत्यु भएको छ । त्यहाँ २ लाख ५५ हजार ५ सय ४४ जना संक्रमित पुगेका छन् ।

इटालीमा ३२ हजार ६ सय १६ को मृत्युु भएको छ। संक्रमितको संख्या २ लाख २८ हजार ६ सय ५८ पुगेको छ ।

यस्तै स्पेनमा २८ हजार ६ सय २८ को मृत्यु हुँदा संक्रमितको संख्या २ लाख ३४ हजार ८ सय २४ पुगेको छ। यस्तै फ्रान्समा २८ हजार २ सय १८ र ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा १ लाख २४ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि  भएको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत ११औं स्थानमा छ।

प्रकाशित मिति: १० जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्