अमेरिकामा कोरोना संक्रमणले मृतकको संख्या १ लाख नजिक



काठमाडौं, जेठ १२
कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार २८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १६ लाख ८५ हजार १६७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ५१ हजार ५८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ३४ हजार २९७ जनामध्ये १७ हजार १३५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News