अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नजिक, मृत्युदर बिस्तारै घट्दै


 



काठमाडौं, जेठ १२
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । हालसम्म मृत्यु हुनेको संख्या ९९ हजार ३०० पुगेको छ ।

त्यस्तै आइतबार झण्डै १९ हजार संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा संक्रमितको संख्या १६ लाख ८६ हजारभन्दा बढी पुगेको छ ।

४ लाख ५१ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १७ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो समय कोरोनाका कारण अमेरिकामा मृत्युदर बिस्तारै घट्दै गइरहेको छ । पछिल्लो २४ घन्टामा ६१७ जनाको मृत्यु भएको छ ।

यसअघि एकै दिनमा २ हजार भन्दा बढीसम्मको पनि ज्यान गएको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्