दुर्घटनामा दुईको मृत्यु



बुटवल,  असोज ८

बुटवल–तानसेन सडक खण्डको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चर्चरेमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थ छन् । गम्भीर घाइते भएका गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तम्घासबाट बुटवल आउँदै गरेको बा १४ च ९३६४ नंको स्कार्पियो गाडी सडकबाट करिब २०० मि तल खसेको प्रहरीले जनाएको छ । उनीहरुको निधनप्रति नेपाली काँग्रेसका नेता एवं सभासद् चन्द्र भण्डारी र नेकपा(एमाले)का सचिव प्रदीपकुमार ज्ञवाली लगायतले शोक व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News