कोरोना अपडेट: विश्वभर ३ लाख ४७ हजारको मृत्यु, ५५ लाख ८६ हजार संक्रमित



काठमाडौं, जेठ १३
कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ४७ हजार ८५४ जनाको मृत्यु भएको छ । मंगलबार बिहान ६:३० बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ५१५ जनाको मृत्यु भएको छ ।

१९ लाख १६ हजार १७७ जना संक्रमित भएकोमा ८ लाख ९३ हजार ६३ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १५ हजार २६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख २ हजार २७७ पुगेको छ । त्यसमध्ये ५ लाख ७६ हजार ४३५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २७ हजार ८०१ जनाको मृत्यु भएको छ । ९ लाख ८२ हजार ४०९ जना संक्रमित भएकोमा ५ लाख ७३ हजार ४४९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३२ हजार ६३८ जनाको मृत्यु भएको छ । ६ लाख ५६ हजार १५९ जना संक्रमित भएकोमा २ लाख ६३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ४९५ जनाको ज्यान गएको छ भने १ लाख १७ हजार ८०१ जना संक्रमित छन् । संक्रमितमध्ये ४७ हजार ८१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२६ जना संक्रमित भएकोमा ८ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ८०५ जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६ हजार २२६ जनामध्ये ४ लाख ६४ हजार ६७० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

कोरोना भाइरसको महामारीबाट विश्वभर ५५ लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९० हजार १२८ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५५ लाख ८६ हजार ७१५ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २३ लाख ६५ हजार ४६७ जना संक्रमण मुक्त भएका छन् । ८ लाख ७३ हजार ५५४ जनाको उपचार भइरहेको छ । उपचारारतमध्ये ५३ हजार १६७ जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News