काेराेनाकाे कहर: अमेरिकामा एक लाख बढीकाे मृत्यु, संक्रमित साढे १७ लाख नाघे



काठमाडौं, जेठ १६
कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ३ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २१३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ३ हजार ३२० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २२ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६८ हजार ११६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ९८ हजार ६७६ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ६६ हजार १२० जनामध्ये १७ हजार २०२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News