कोरोना संक्रमित नेपालीले गरे बहराइनमा आत्महत्या


 



काठमाडौं, जेठ १७
बहराइनमा एक कोरोना संक्रमित नेपालीले आत्महत्या गरेका छन्।

ताप्लेजुङका ३८ वर्षीय पुरुषले क्वारेन्टाइनको बाथरुमको झुन्डिएर आत्महत्या गरेको त्यहाँस्थित नेपाली राजदूतावसले जनाएको छ । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एन्ड मेन्टिनेन्स कम्पनीमा काम गर्थे। 

अहिलेसम्म बहराइनमा ३ सय ३१ नेपालीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ, तर तीमध्ये धेरैजसो निको भइसकेको नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए।

बहराइनमा हालसम्म जम्मा १० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १५ जनाको मृत्यु भइसको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्