बालबालिकालाई मास्क लगाइदिँदा खतरनाक साबित हुने चेतावनी!


 


एजेन्सी, जेठ १८
कोरोना महामारीका कारण मास्क लगाउनु सामान्य बनिसकेको छ तर त्यही मास्कले हामीलाई संक्रमणबाट जोगाए पनि दुईवर्ष भन्दा मुनिका बालबालिकाका लागि भने खतरनाक साबित हुन सक्ने जापानको ‘पेडिआट्रिक असोसिएसन’ ले चेतावनी दिएको छ ।

जापानको कोरोना भाइरस सम्बन्धी जारी गरिएको दिशानिर्देशनमा प्रत्येक नागरिकलाई मास्क लगाउन प्रोत्साहन गरिएको छ तर शिशुहरुको मुख चाहिँ नढाकिदिन अभिभावकहरुलाई आग्रह गरिएको हो ।

मास्क लगाइँदिदा बच्चाको मुख राम्ररी नदेखिनाले उनीहरुको अनुहारको रङ, स्वासप्रस्वासको प्रक्रिया र प्रतिक्रियात्मक बदलाव हेर्न नपाइने हुँदा खतरनाक हुन सक्ने यसमा बताइएको हो ।यसका साथै मास्कले उनीहरुलाई सास फेर्न कठिन बनाइदिने र ‘हिट स्ट्रोक’को जोखिम बढाइदिन सक्ने पनि उक्त सार्वजानिक लिफलेटमा उल्लेख गरिएको छ । शिशुहरुको हावा आवतजावत गर्ने बाटो साँघुरो हुने भएकाले पनि उनीहरुलाई सास फेर्नमा समस्या हुन सक्छ र फोक्सोमा अतिरिक्त दबाब पर्ने डर हुन्छ ।

यसैगरी उनीहरुले मास्क भित्र बान्ता गरेको अवस्थामा निस्सासिने खतरा पनि हुन सक्छ । यसरी शिशुहरुमा कोरोनाको जोखिम कम भएकाले पनि उनीहरुलाई मास्कको आवश्यकता नरहेको यसको निष्कर्ष भनिएको छ । सिएनएन

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्