भारतीय सेनाको कारबाहीमा ३ पाकिस्तानी आतंककारी मारिए


 


एजेन्सी, जेठ १९
पाकिस्तानका तीन जना तालिमप्राप्त आतंकवादी जम्मु काश्मिरको सीमा क्षेत्रमा मारिएका भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा ती आतंककारी मारिएका भारतीय सेनाले सोमबार जानकारी दिएको हो ।

भारतीय सेनाले मे २८ देखि सो क्षेत्रमा ठूलो सैन्य संख्याका साथ कारबाही गर्दै आएको छ । सोही कारबाहीकाक्रममा सोमबार शक्तिशाली हतियार बोकि हिँडेका ती आतंककारी मारिएका हुन् ।

त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ । एजेन्सी

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्