केएमसी अस्पतालका चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण



काठमाडौं, जेठ २०
काठमाडौं मेडिकल कलेज (केएमसी) सिंगामंगलमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो।

उनले सबै स्वास्थ्यकर्मीको स्वास्थ्यवस्था सामान्य रहेको जानकारी दिए।

केएमसीका ४ स्वास्थ्यकर्मीसहित मंगलबार २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार दिउसो साढे ४ बजेसम्म देशभरमा २०९९ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News