बलिउड अभिनेता साहरुखको अफिसमा राखियो कोरोना संक्रमित


 


एजेन्सी, जेठ २०
बलिउड नायक साहरुख खानकाे अफिसमा काेराेना भाइरसकाे संक्रमितलाइ राखिएकाे छ। साहरुख र गौरी खानले सरकारलाई आग्रह गरेको करिब एक महिनापछि अब उनीहरूको अफिस क्वारेन्टिनमा परिणत भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार साहरुखको अफिसमा छ जना कोरोना कोरोना संक्रमितहरूलाई राखिएको छ । शनिबारदेखि बीएमसीले ६ जनालाई साहरुखको खारस्थित अफिसमा सिफ्ट गरेको हो । साहरुखको अफिसमा २२ वटा बेड समावेश गरिएको क्वारेन्टाइन तयार गरिएको थियो । जहाँ सम्पूर्ण सुविधा उपलब्ध छ ।

उनले कोरोनासँगको लडाइँमा सरकार र नागरिकलाई आफूले सकेको सहयोग गर्दै आएका छन् । २५ हजार पीपीई किट्स उपलब्ध गराउनेदेखि पाँच हजारलाई एक महिनासम्म खाना खुवाउने काम साहरुखले गरिसकेका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्