कोरोना भाइरसबाट १० औँ व्यक्तिको मृत्यु


 


काठमाडौँ, जेठ २२
नेपालमा कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको छ ।

पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार रिपोर्ट पोजेटिभ आएपछि भर्खरै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

पूर्वखोला – २ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्