भारतका रक्षा सचिवलाई कोरोना संक्रमण, सुनसान मन्त्रालय


 


एजेन्सी, जेठ २२
भारतका रक्षा सचिव अजयकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि त्यहाँकाे रक्षा मन्त्रालय सुनसान देखिएको छ ।अजय कुमारलाई मंगलबार संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएकाे छ।

नवभारत टाइम्सका अनुुसार उनको सम्पर्कमा आएकाको वृहत कन्ट्याक्ट ट्रेसिङ गरिँदैछ र साउथ ब्लकस्थित कार्यालय डिसइन्फेक्सन गर्ने काम भइरहेको छ । अजय कुमारलाई संक्रमण पुष्टि भएपछि रक्षा मन्त्री राजनाथ सिंहलगायत अन्य अधिकारीहरू बुधबार कार्यालयमा उपस्थित भएनन् ।

पछिल्ला केही दिनमा रक्षा सचिवसँग झन्डै ३० जना मानिस सम्पर्कमा आएको पनि नवभारत टाइम्सले जनाएकाे छ । अजय कुमार कोरोना संक्रमण हुने उच्च ओहोदाका पहिलो भारतीय कर्मचारी हुन्।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्