पूर्व रक्षामन्त्री म्याटिसद्वारा ट्रम्पकाे आलाेचना


 


वासिङ्टन, जेठ २२
अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको बताएका छन्।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नु भएका म्याटिसले भने,“मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”

राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहनु भएको थिएन । तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गरेका हुन्।

म्याटिसको भनाई सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्