अमेरिकामा कोरोनाको १ लाख १२ हजार बढीकाे मृत्यु



काठमाडौं, जेठ २५
कोरोना भाइरसको महामारीले अमेरिकामा मृतककाे संख्या १ लाख १२ हजार नाघेकाे भएको छ । पछिल्लो २४ घण्टामा थप ६८७ जनाको मृत्यु भएको छ ।
याे सँगै अमेरिकामा १ लाख १२ हजार ७७ जनाको मृत्यु भएको छ

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख ८७ हजार ६८३ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ लाख ४८ हजार २९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख २७ हजार ५७७ जनामध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News