नेपालमा कोरोना संक्रमितको संख्या साढे ३४ सय नजिक


 


काठमाडौं, जेठ २५
एकैदिन थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको उनले बताए।

याे सँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रकाशित मिति: २५ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्