भारतमा कोरोना भाइरसको संक्रमणले भयाभाय रूप लिँदै



काठमाडौं, जेठ २६
भारतमा पछिल्लाे केही दिनयता कोरोना भाइरसको संक्रमणले भयाभाय अवस्थाकाे रूप लिँन थालेकाे छ। भारतीय सञ्चार माध्यमका अनुसार तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको भारतमा तीन दिन यतामात्रै ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

शुक्रबार र शनिबार पनि १० हजारभन्दा बढीमा संक्रमण देखिएको भारतमा पछिल्लो २४ घण्टामा १० हजार ८८४ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ थियो ।

भारतमा सोमबार बिहान यो समाचार तयार पार्दासम्म २ लाख ५७ हजार ५०६ जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन अरू २६१ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ७ हजार २०७ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख २३ हजार ८४८ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News