नेपालमा कोरोना भाइरस संक्रमितको संख्य ३७ सय ६२



काठमाडौं, जेठ २६
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या साढे ३७ सय नाघेकाे छ। एकैदिन थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितको संख्या साढे ३७ सय नाघेकाे हाे।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३१४ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ३१४ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए। नेपालमा हालसम्म ४८८ जना उपचारपछि निको भएका छन्। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News