क्वारेन्टाइननको न्युनतम मापदण्ड पुरा नगर्ने नेपालमा विकसित देशको अवधारणा



काठमाडाैँ, जेठ २७
जनस्वास्थ्य विज्ञ डा. पाण्डे नेपालले लागू गरेको टेष्टिङ गाईडलाईन्स विकसित राष्ट्रहरुको अवधारणा भएको बताए ।

‘सरकारले लागु गरेको यो नयाँ परीक्षण निर्देशिका विकसित देशहरुको अवधाराण हो, जसले क्वारेन्टिन र आईसोलेसनका मापदण्ड पुरा गरेका छन् । हाम्रो यहाँ क्वारेन्टिनले कति मापदण्ड पुरा गरेका छन्, तपाई हामीले देख्दैं आएका छौं । एक मिटरको दुरी पनि राम्रोसँग कायम गरिएको छैन, यस्तो अबस्थामा कसरी टेष्ट नगरी घर पठाउने अवधाराणलाई लागू गर्न मिल्छ ?’ डा. पाण्डेले भने ।

क्वारेन्टिन उल्टै मानिहरुमा संक्रमण फैलाउने स्थान भइरहेको र सबै जनस्वास्थ्य विज्ञहरु यसमा सहमत नभएको पाण्डे बताउँछन् । पिसिआर टेष्टको क्षमता बढाउन नसक्दा सरकारले यस्तो गरेको पनि उनले आरोप लगाए ।

‘यदि सबै मापदण्ड पुरा भएको अवस्थामा सिंगापुरमा भएको एउटा ठुलो अध्ययनले मानिसहरु कोरोना संक्रमण भएको ११ औं दिनपछि भाईरस घातक नहुने देखाएको छ, यसलाई हेर्दा सरकाराले तयार पारेको निर्देशिका सही छ, तर नेपालको वास्ताविकता निकै फरका छ,’ डा. पुन भन्छन् ।

तराई क्षेत्रमा सिमाबाट लाखौं मानिसहरु आएको र उनीहरुलाई कुनै पनि मापदण्ड पुरा नगरिएको क्वारेन्टिनमा राखिएको र यसरी उनीहरुलाई बिना टेष्ट घरर पठाउँदा समाजमा रोग सर्ने सम्भावन उच्च भएर जाने डा. पुन बताउँछन् । सरकारले उनीहरु २ साता होम क्वारेन्टिनमा बस्छन् भन्ने आश्वसन दिएपनि व्यवहारमा लागू नहुने डा. पुनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News