Deshko News
८ आश्विन २०८०, सोमबार

भीमदत्तनगरमा हात्ती आतङ्क



elephant

भीमदत्तनगर, असोज ९  कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न वडामा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।

शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट दैनिक साँझ र राति हात्तीको बथान गाउँ छिर्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् । आइतबार साँझ भीमदत्त नगरपालिका–१८ गोवरिया क्षेत्रमा दुई दर्जन हात्ती गाउँ पसेपछि स्थानीयबासिन्दामा त्रास फैलिएको छ ।

हात्ती धपाउन स्थानीय र सुरक्षा निकायको टोली सक्रिय भएर लागेको छ । त्यस्तै शनिबार भीमदत्तनगरपालिका–१५, वडा नं– १३ बडैपुर, वडा नं– १८ बागफाँटा र पिपरीयामा हात्तीको बथान गाउँ पसेको थियो । हात्तीले धानबालीमा समेत क्षति पु¥याएको स्थानीयबासीले बताएका छन् ।

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News