थपिए २७९ जना कोरोना संक्रमित


 


काठमाडौं, जेठ २८

नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २७९ जना कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमका अनुसार संक्रमित २५७ पुरुष र २२ जना महिला छन्।

पछिल्लो पटक ९० जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। अहिलेसम्म ६७४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। हालसम्म कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ। हालसम्म ४ हजार ३ सय ६४ जना संक्रमित भएका छन। ७२ जिल्लामा कोरोना फैलिएको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्