देश निर्माणमा युवाहरूकाे भूमिका महत्वपूर्ण : दिलु पन्त


 


dilu-pantजाजरकाेट, असाेज ९

युवासंघ नेपालकाे कार्यबहाक अध्यक्ष दिलु पन्तले देशकाे नवनिर्माणमा युवाहरुको प्रमुख भूमिका रहने बताएकी छन् । युवा संघ नेपालको सातौ जाजरकाेट जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले मुलुकमा देखिएकाे जटिलतालाई सम्बोधन गर्न बर्तमान सरकार असफल भएको बताइन ।

विदेशीकाे इसारामा नेपालमा सत्ता सञ्चालन गर्ने सोच राष्ट्रिय मुद्दालाई कमजोर बनाउने षडयन्त्र भएको बताउँदै उनले भनिन्  युवाहरुलाई राेजगार उन्मुख कार्यक्रम ल्याउन नसक्नु बर्तमान सरकार को असफलता हाे । देशमा बढेकाे विदेशी चलखेलको विषयमा सबै सजग हुनु पर्नेमा उनकाे जाेड थियाे । कार्यक्रममा युवासंघका  उपाध्यक्ष रमेश पौडेल, सचिव बचन सिंह, एमाले नेता निरज आचार्य, सिपि घर्ती लगायत नेताहरूले बाेलेका थिए ।

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्