कोरोना संक्रमितकाे उपचारपछि डिस्चार्ज हुनेको संख्या ८ सय नाघ्याे



काठमाडाैँ, जेठ २९
हालसम्म देशभरबाट ८६१ जना व्यक्तिहरु कोरोना संक्रमितहरु उपचारपछि निको भएका छन्। ७७४ पुरुष र ८७ महिला गरी ८६१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत ८ महिलासहित १७९ पुरुषहरु संक्रमण निको भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५० जनामा संक्रमण देखिएको हो।

आज थपिएका २५० सहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News