कोरोना अपडेट : विश्वभर ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ८० लाख नजिक



काठमाडौं, असार १
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २१ हजार ९७१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ ।

संक्रमित ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ भने ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ८२ हजार ८६८ जनाको मृत्यु भएको छ ।

२२ लाख ५ हजार ८४८ जना संक्रमित भएकोमा ११ लाख ६७ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ९६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ७९ हजार ५७३ पुगेको छ । त्यसमध्ये १० लाख ६९ हजार ८३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४० हजार २४८ जनाको मृत्यु भएको छ । १६ लाख १७ हजार १८४ जना संक्रमित भएकोमा ९ लाख ९० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ६० हजार ४५७ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६९६ जना संक्रमित भएकोमा ७ लाख ५४ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ४८८ जनाको ज्यान गएको छ भने २ लाख ४४ हजार ५४२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १२ हजार २४२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९३१ जना संक्रमित भएकोमा ८ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् । सोमबार बिहानसम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News