संसारको नवौं धनी बने मुकेश अम्बानी, १० नम्बर भित्र पर्ने एक्ला एसियाली


 



भारत नागरिक मुकेश अम्बानी संसारकै नवौँ धनी भएका छन् । भारतीय कम्पनी रिलायन्स इन्डस्ट्रिजको कार्यकारी प्रमुख अम्बनीसँग ६४।५ बिलियन डलर बराबरको सम्पत्ति भएको ब्लुम्बर्ग बिलिओनरिज इन्डेक्सले उल्लेख गरेको छ ।

उक्त इन्डेक्समा विश्वका सर्वाधिक १० धनीमा पर्ने उनी एक्ला एसियाली हुन् । पछिल्लो वर्ष उनको सम्पत्ति ५।८८ बिलियनले बढेको छ ।

मुम्बईका ६३ वर्षीय अम्बानीसँग रिलायन्सको ४२ प्रतिशत शेयर छ । उनको नेतृत्वमा रिलायन्स कम्पनीले तेल र उर्जाबाट फराकिलो क्षेत्रमा लगानी बढाएको छ ।

अहिले खुद्रा पसल, मोबाइल कम्पनी, ब्रोडब्यान्ड क्यारियर र डिजिटल प्लेटफर्म जस्ता धेरै क्षेत्रमा लगानी केन्द्रित छ ।

अम्बानीले सन् १९८० मा आफ्नो पारिवारिक व्यवसाय सम्हाल्न शुरु गरेका थिए । उनका बुवा धिरुभाइ अम्बानीले उनलाई स्टान्फोर्ड बिजिनेस स्कुलमा जोडिएको एक वर्षपछि नै विदेशमा बनाइरहेको पोलिस्टर मिल निरीक्षणका लागि भारत बोलाएका थिए ।

सन् २००२ मा धिरुभाइको मृत्युपछि दुई छोरा मुकेश र अनिल अम्बानीबीच झगडा भएको थियो । त्यसपछि उनीहरुले व्यवसायलाई विभाजन गरेका थिए । मुकेशले रिफाइनिङ, पेट्रो रसायन, तेल, ग्यास र कपडाको व्यवसाय लिए । अनिलले दूरसञ्चार, मनोरन्जन, उर्जा उत्पादन लगायत व्यवसाय लिएका थिए ।

इन्डेक्स अनुसार विश्वका सबैभन्दा धनीको शीर्ष तीनमा अमेरिकी नागरिक छन् । विश्वकै सर्वाधिक धनी अमेजन कम्पनीका मालिक जेफ बेजोज हुन् । उनीसँग १६२ बिलियन डलर बराबर सम्पत्ति छ । उनको सम्पत्ति पछिल्लो वर्ष ४७।५ बिलियनले बढेको छ ।

दोस्रो स्थानमा सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक बिल ग्ट्स छन् । उनको सम्पत्ति ११३ बिलियन डलर छ । उनको सम्पत्ति पछिल्लो वर्ष ६५।३ मिलियन घटेको छ ।

तेस्रो स्थानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग छन् । उनको कूल सम्पत्ति ९०।८ बिलियन छ । पछिल्लो वर्ष उनको सम्पत्ति १२।४ बिलियनले बढेको छ ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्