आन्तरिक राष्ट्रिय एकता सुदृढ बनाउछु : प्रधानमन्त्री


 


prachand-churebhabar

काठमाडौं असोज ११

प्रधानमन्त्री पुष्पकमल प्रचण्डले आन्तरिक राष्ट्रिय एकता सुदृढ बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयमा चुरेभावर पार्टीको ज्ञापन पत्र बुझ्दै प्रचण्डले बाहिर हल्लाको भरमा गलत धारणा नबनाउन आग्रह गर्दै, राष्ट्रिय एकता सुदृढ पार्न, संविधानलाई कार्यान्वयन गर्न, शान्ति पक्रियाको पुर्णता, लगायत आर्थिक समृद्ध जस्ता कार्यभार पुरा गर्न आफु लागिपरेको बताएका हुन् ।

उक्त भेटमा चुरेभावर पार्टीका नेताहरुले २०६४ सालमा आफुहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेको प्रधानमन्त्रीको नीजि सचिवालयले बताएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्