नेपालमा काेराेना भाइरसका कारण मृतकको संख्या २४ पुग्यो


 


काठमाडौं, असार ९
नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राती साढे ९ बजे मृत्यु भएको कर्णालीको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक संक्रमितको सोमबार राती मृत्यु भएको हो।

यो सहित कर्णालीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ भने देशभर २४ पुगेको छ।

कर्णालीमा मंगलबार दिउसो २ बजेसम्म थप २५ जनामा संक्रमण देखिएको छ। कर्णालीमा संक्रमितको संख्या १ हजार ३ सय ७ पुगेको छ।

प्रकाशित मिति: ९ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्