अमेरिकामा कोरोनाकाे कहर



‍न्यूयोर्क, असार ११
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २२ लाखभन्दा बढी पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २६ हजार ५ सय १९ जना नयाँ सक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या २२ लाख ९५ हजार २ सय ७२ पुगेको छ ।

चीनको वुहान शहरबाट फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण केही महिनायता अमेरिकामा सबैभन्दा बढी छ । विश्वका २ सय १५ मुलुकका ९५ लाख १६ हजार ८७६ जना मानिस कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकामा मात्र कोरोना भाइरसका कारण १ लाख २४ हजार २ सय ७३ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना भाइरसबाट प्रभावित देशमा अमेरिकापछि ब्राजिल, रसिया, भारत र बेलायत बढी संक्रमित राष्ट्रमा पर्छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News