नेपाली सेनाका दुई जवानमा देखियो कोरोना भाइरस


 


काठमाडौं, असार १३
नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रणका कारण मृत्यु भएका पाल्पाका व्यक्तिको शव व्यवस्थापनमा खटिएका तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पिसीआर परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु पाल्पा पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय पुरुषको शव व्यवस्थापनमा खटिएका थिए ।

शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । उनीहरु शुरुदेखि नै सुरक्षित तरिकाले आइसोलेसनमा बसेको हुँदा गणका अन्यलाई संक्रमणको कुनै जोखिम नरहेको बताइन्छ ।

प्रकाशित मिति: १३ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्