पौडी खेल्ने क्रममा इटालीमा एक नेपाली युवकको मृत्यु


 



काठमाडौं, असार १८
पौडी खेल्नेक्रममा इटालीमा एक नेपाली युवकको नदीमा डुबेर ज्यान गएको छ । सिन्धुपााल्चोकको इन्द्रावती गाउँपालिका–४ का २८ वर्षीय किरण खरेलको पाभिया शहरमा रहेको तिसिनो नदीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो ।

उनी तिसिनो नदीमा सोमबार दिउँसो १ बजे पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका एनआरएनए इटालीले जनाएको छ। उद्धारकर्मी तथा प्रहरीले दिउँसो ३ बजे नदीको किनारमा किरणको शव भेटाएको एनआरएनएनए इटालीका उपाध्यक्ष छबिलाल कंडेलले जानकारी दिए।

मृतक खरेल विगत ४ वर्षदेखि इटालीको मिलान शहरमा बस्दै आएका थिए। पाभियाको तिसिनो नदीको किनारमा साथीहरुसँगै बसिरहेको अवस्थामा उनी आफूलाई गर्मी भएको भन्दै नदीमा पौडी खेल्न गएका थिए । मृतक खरेल मिलानमा रहेको स्टारबक्स रिजर्भ कफिशपमा काम गर्थे ।

प्रकाशित मिति: १८ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्