मुर्चङगा–२ लिएर आए श्याम सामसोङ (भिडियो सहित)


 


shyam-samsongकाठमाडौं, असोज १२
बहु प्रतिभाशाली गायक श्याम सामसोङ राईले मुर्चुगा–२ नामक गीति एल्बम बजारमा ल्याएका छन् । मुर्चङगा एल्बम निस्केको ठिक ९ बर्ष पछि त्यसैको निरन्तरताको रुपमा आफनो तेस्रो सिर्जना मुर्चुगा–२ नामक गीति एल्बम लिएर सामसोङ एक पटक फेरी दर्शक श्रोता सामु आएका हुन् ।

उनको मुर्चङगा–२ नामक तेसो एकल गीति एल्बम कबि तथा बरिष्ठ गीतकार भुपाल राईले बिमोचन गरे । गायक श्याम सामसोङ राई बिगत लामो समयदेखि गीत संगीत साधनामा लिप्त छन् ।

उनको घुम्टो खोल मुस्कुराउ बोलको पहिलो गीत २०५७ सालमा साउण्ड लिंक स्टुडियोमा रेकर्ड भएको थियो । तर उनको एकल एलबम मुर्चुङगा २०६४ सालमा मात्र सार्बजजिक भएको थियो जसको टाइटल ट्रयाक मुर्चुङगामा रोए म सारंगीमा रेटिए बोलको गीत दर्शक श्रोताबाट धेरै रुचाइएको थियो । त्यसको ३ बर्ष पछि उनको दोस्रो एकल एलबम साइमा सार्बजनिक भएको थियो ।

जसका मैच्याङ हौ मैच्याङ हो घुम्न जाऊ न सुन्तले डाडैमा तथा कस्तो कस्तो हुने रैछ केले केले छुने रैछ जस्ता गीतहरु दर्शक श्रोताले निकै रुचाए । यस बाहेक उनले राई बान्तवा भाषामा पारुहाङ निन् सुम्निमा र साकेन्वा मुन्दुम नामक २ वटा गीति एलबम पनि निकालेका छन् ।

भोजपुरको तिम्मा गा.बि.स. मा जन्मेर काठमाण्डौ हुदै भारतीय राजदुताबासबाट छात्रबृत्ति पाएर भारतको लखनऊ स्थित भातखण्डे संगीत बिश्व बिद्यालयबाट संगीत बिषयको गहिरो शिक्षा पाउने भाग्यमानी ब्यक्ति पनि हुन श्याम । गीत संगीत बाहेक पढ्न तथा घुम्न रुचाउने गायक श्यामले पछिल्लो समय डकुमेन्ट्री मेकिङमा पनि हात हालेका छन् ।

उनको पिखुवा एन एक्स्पेडिशन नामक पहिलो बृत्तचित्र ३ बर्ष पहिले तयार भएको थियो त्यसको २ बर्ष पछि ऋतुहरुमा भोजपुर नामक बृत्तचित्र तयार भयो भने यसै बर्ष हलचोक रिकन्स्ट्रक्शनप्रोजेक्ट नामक बृत्तचित्र पनि तयार भई सकेको छ ।  जुन २०७२ बैशाख १२ को बिनासकारी महाभुकम्प पछिको पुननिर्माणको बिषयमा आधारित छ ।

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्