काठमाडौंको गेस्ट हाउसमा महिलाको हत्या



काठमाडौं, असोज १२

काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेस्ट हाउसमा एक महिलाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–२२ भोटेबहालमा रहेको गेस्ट हाउसमा दोलखा बाबरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको शव फेला परेको हो।

सोमबार बिहानदेखि नामथर नखुलेको पुरुष र उनी कोठा बुक गरी बस्दै आएका थिए। आफैंले लगाएको सुरुवालले उनको घाँटीमा कसिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी सन्तोष आचार्यले जानकारी दिए। उनीसँगै बस्दै आएका करिब ३५ वर्षका पुरुष भने फरार छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News