विश्वभर कोरोना संक्रमितकाे संख्या १ करोड १० लाख नाघ्याे



काठमाडौं, असार २०
विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।

संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News