लोकदोहोरी राष्ट्रिय प्रतिष्ठानमा बद्री पंगेनी


 


badri-pangeniकाठमाडौं, असोज १२ । लोक तथा दोहोरी राष्ट्रिय प्रतिष्ठान नेपालको अध्यक्षमा एमाले निकट बद्री पंगेनीले विजयी हासिल गरेका छन् । प्रतिष्ठानको अधिकांश पदमा एमाले निकटका उम्मेदवारहरू विजयी भएका छन् ।

मंगलबार राति सम्पन्न मतगणनामा पंगेनीले आफ्ना निकटतम प्रतिद्वन्द्वी विष्णु खत्रीलाई पछि पार्दै विजयी हासिल गरेका हुन् ।

पंगेनीले ८ सय ८८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खत्रीले ५ सय ८ मत पाएका छन् । अध्यक्षका अर्का उम्मेदवार विष्णु खत्रीले ३ सय ८ मत पाएर पराजित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा रमेश विजी ८ सय ८३ मतसहित विजयी भएका छन् । उनका दुई प्रतिद्वन्द्वी विमल राज क्षत्रीले ४ सय ६२ र ऋषिलाल श्रेष्ठले ३ सय ८२ मत पाएका थिए ।

द्वितीय उपाध्यक्षमा १ हजार ८६ मतसहित रामजी खाँड विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी पार्वती जिसीले ६ सय १९ मत पाइन् ।

महासचिव ९ सय १९ मतसहित सुवास केसी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शिशिर देवकोटाले ७ सय ६७ मत पाएका थिए ।

उपमहासचिवमा चोलेन्द्र पौडेल ९ सय ७६ मतसहित विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी नारायणप्रसाद खनाल लेकालीले ७ सय ९ मत पाएका थिए ।

सचिवमा खुमन अधिकारी १ हजार १५, कृष्ण रेउले७ सय ५५ र शंकर विसी १ हजार १ सय ८ मतसहित विजयी भएका छन् । सचिवमा हुमा गैरे, पुष्कल शर्मा, राजु गुरुङ र नवीन पौडेल पराजित भएका छन् ।

सहकोषाध्यक्षमा टीका पुन १ हजार २ सय ४६ मतसहित विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी नारायण भुसालले ३ सय ७८ मत पाएका थिए ।

कसले कति मत पाए ?

अध्यक्ष
बद्री पंगेनी -८८८ (बिजयी)
विष्णु खत्री-५०८
टिकाराम चपाई – ३३०

बरिष्ठ उपाध्यक्ष : रमेश बि जी (८८३)
प्रथम उपाध्यक्ष : पशुपति शर्मा (निर्बिरोध)
द्धितीय उपाध्यक्ष : रामजी खांड (१०८६)

महिला उपाध्यक्ष : रिता थापा (निर्बिरोध)
महासचिब : सुबास के सी (९५१)
उपमहासचिब : चौलेंद्र पौडेल (९७६)

सचिब
१ शंकर बि सी (११०८)
२ खुमन अधिकारी (१०१५)
३ कृष्ण रेउले (७५५)
महिला सचिव : राधिका हमाल (निर्बिरोध)
कोषाध्यक्ष : दिपक खड्का (निर्बिरोध)
सह कोषाध्यक्ष : टिका पुन (१२६४)

सदस्यहरु

१ शिब हमाल १४५५
२ पार्वती राई १३३६
३ राजु ढकाल १२४९
४ कुलेंद्र बिस्वकर्मा १२०९
५ रञ्जन ठकुरी १०५७
६ बसन्त थापा ९२८
७ सन्तोष आले मगर ९०१
८ जिबन दाहाल ८८२
९ हरि डाँगी ८५८
१० प्रचण्ड जी सी ८५४
११ रमेशराज भट्टराई ८५३
१२ इश्वरी प्रसाद भुसाल ८०६
१३ रञ्जन गुरुङ ७८०
१४ बिनोद बाजुराली ७७९

महिला खुल्ला तर्फ.

१ देबी घर्ति मगर १४४१
२ मुना थापा मगर १२८८
३ पूर्ण कला बि सी ८४१
४ जमुना राना ८१८
५ जानकी तारामी मगर ७८४

१ नम्बर प्रदेश इन्चार्ज : उमेदवारी नपरेको

२ नम्बर प्रदेश इन्चार्ज : कृष्ण प्रसाद गौतम (निर्बिरोध)

३ नम्बर प्रदेश इन्चार्ज : रमिला न्यौपाने (निर्बिरोध)

४ नम्बर प्रदेश इन्चार्ज : तारापति सुबेदी (निर्बिरोध)

५ नम्बर प्रदेश : लक्ष्मण खड्का (निर्बिरोध)

६ नम्बर प्रदेश इन्चार्ज : उमेदवारी नपरेको

७ नम्बर प्रदेश इन्चार्ज : सुरत राउत “डोटेली कान्छा” (निर्बिरोध)

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्