मास्क प्रयोग नगर्ने ४८ जनालाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना


 



भक्तपुर, असार २५
भक्तपुर जिल्लामा मास्क प्रयोग नगर्ने ४८ जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना तिराइएको छ । जिल्लामा मास्क प्रयोग नगर्ने ४८ जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

कोरोना संक्रमणबाट बच्नको लागि मास्क प्रयोग गर्न अनुरोध गरिएको भए पनि अटेर गरि मास्क प्रयोग नगरी जिल्लाका चाँगुनारायण, जगाती, बालकोट, ठिमीलगायतका सडक,बजारमा हिँडडुल गर्नेलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।

पक्राउ परेका सबैलाई संक्रमक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत प्रति व्यक्ति रु एक सय जरिवाना गरिएको हो ।

प्रहरीले जिल्लामा कोरोनासंक्रमण फैलिरहेका बेला मास्क प्रयोग नगर्नेहरुमाथि निगरानी गर्न शुरु गरेको हो । बिनामास्क हिँडिरहेका व्यक्तिलाई मास्क लगाउन प्रहरीले आग्रह गरिरहेको छ भने मास्क नभएका व्यक्तिलाई तत्कालाई पसलबाट किन्न लगाएको छ । नेपाल समाचारपत्र

प्रकाशित मिति: २५ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्