रोचक घटना : ३५ सयको कुखुरा चोर पत्ता लगाउनेलाई १० हजार इनाम !


 



टीकापुर, असार २७ । कैलालीको जानकी गाउँपालिकाका एक किसानले ३५ सय रुपैयाँ बराबरका कुखुरा चोरी गर्ने व्यक्तिलाई पत्ता लगाउनेललाई १० हजार रुपैयाँ इनाम दिने घोषणा गरेका छन् ।

चोरले हैरान बनाएपछि गाउँपालिका वडा नं ३ सुवर्णपुरका कनकेशरी चौधरीले यस्तो इनाम दिने घोषणा गरेका हुन् । डुडेझारी–टीकापुर रोडमा पर्ने घरको आँगनैमै रहेको खोरबाट २०७७ असार २६ गते राति १० वटा कुखुरा चोरी भएका छन् ।

करिब आधा किलो तौल रहेका चोरिएका १० वटै कुखुराकोे बजार मूल्य ३ हजार ५ सय जति पर्छ । यहाको बजारमा लोकल कुखुरा प्रति किलो ७ सयका दरले बिक्री हुने गरेको छ तर इनाम भने चोरिएका सबै कुखुराको बजार मूल्य भन्दा दोब्बर बढी छ ।

उनले टीकापुरस्थित सामुदायिक रेडियो टीकापुर एफएमबाट इनामको घोषणा गरेका हुन् । स्थानीय चोरहरुबाट आजित भएका ती किसानका खुकुरा मात्रै नभई घरमा भएका धेरै चिजबस्तुहरु पटक–पटक चोरी भएका छन् । पालेका कुखुरा मात्रै नभई पोखरीबाट माछासमेत चोरी भइरहने गरेको उनी बताउँछन् ।

उनले सूचना दिने व्यक्तिको नाम गोप्य राखिनेसमेत बताएका छन् । सूचनाका दिनका लागि उनले आफ्नो मोवाइल नं. ९८६३०३३०५४ पनि सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: २७ असार २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्