नगरप्रमुखले घुस लिन छोरालाई पठाएपछि…


 



काठमाडौं, साउन १
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुखका छोरालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले नगर प्रमुख सूर्यनाथ मण्डलका छोरा सन्तकुमार मण्डलबाट एक लाख र उनका साथी जितेन्द्र महतोबाट चार लाख घुस रकमसहित पक्राउ गरेको हो ।

नगरप्रमुखले डिपीआर गर्ने काम सम्पन्न गरेको कामको भुक्तानी दिनका लागि घुस मागेर आफ्नो छोरालाई लिन पठाएको अवस्थामा अख्तियारले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

दुवैलाई लहान नगरपालिका वडा नं. २२ स्थित रादेजवी चौकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: १ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्