परीक्षाफल प्रकाशित


 


काठमाडौँ, असोज १३

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । त्यसैगरी त्रिविले गत जेठ र असारमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातक तह तृतीय वर्षको परीक्षाको परीक्षाफल आजै प्रकाशन गरेको छ ।

परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, र www.tu.ntc,net.np मा पनि हेर्न सकिने तथा नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्