थप ५७ जनामा कोरोना संक्रमण, १०३ जना डिस्चार्ज


 



काठमाडौं, साउन ३
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर थप २४ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको छ । यस्तै निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको गौतमले जानकारी दिए ।

गौतमका अनुसार बितेको २४ घण्टामा २७ वटा प्रयोगशालाबाट ३ हजार ३३१ जनाको नमुना परीक्षण भएको छ ।

हाल २३ हजार २७५ जना क्वारेन्टिन र ५ हजार ८२५ जना आइसोलेसनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा थप १०३ जना डिस्चार्ज भएका छन् । यससंगै निको हुनेको संख्या ११ हजार ६३७ पुगेको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्