प्रधान सेनापति र राजदूत बीच भेटवार्ता


 


pr-37-01

काठमाडौं,  असोज १३

प्रधान सेनापति राजेन्द्र क्षत्री र नेपालका लागि म्यानमारका राजदूत यु ल्वीन उ बीच बिहीबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।भेटघाटका क्रममा प्रधान सेनापति र म्यानमारका राजदूत यु ल्वीन उ बीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएका सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्