काठमाडाैं उपत्यकामा आज पनि कोरोना संक्रमित


 


काठमाडौं, साउन ४
काठमाडाैं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका १ जना र ललितपुरका २ जना गरी उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यसैगरी नेपालभर पछिल्लो २४ घन्टामा थप १ सय ५६ जनामा कोरोना पुष्टी भएको छ । याे सँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सप्तरी जिल्लामा ३२ जनामा कोरोना पुष्टी भएको छ ।

प्रकाशित मिति: ४ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्