राजेश हमालका भाई रोकशको निधन


 



काठमाडौं, साउन ७
नेपाली चलचित्रका महानायक राजेश हमाल पारिवारिक शोकमा परेका छन् । नायक हमालका भाई राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ ।

नायक हमालका भाइलाई कलेजोको समस्याका कारण केही दिनअघि भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो । दिल्लीस्थित ह्याम्स अस्पतालमा उनको उपचारको क्रमम निधन भएको छ ।

भाई राकेशका श्रीमती र दुई छोराछोरी छन् । काठमाडौंमा एउटै घरमा राजेश हमाल, उनको श्रीमती र भाइको परिवारसंगै बस्दै आएका थिए ।

प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्