सेना र प्रहरीको ब्यारेकमा कोरोना सक्रमण


 


साउन, साउन १५
बारा र पर्सामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् । वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ ।

यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्