काठमाडौंमा २२ सहित उपत्यकामा ३१ जना काेराेना संक्रमित थपिए


 


काठमाडौं, साउन १८
काठमाडौं उपत्यकामा थप ३१ नयाँ कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयद्वारा दिइएको जानकारीअनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना गरी उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयद्वारा नियमित गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभर २ सय ४६ जना संक्रमित थपिएको र १ जनाको मृत्यु भएको बताए ।

प्रकाशित मिति: १८ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्